Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको बोनस सेयर खातामा आयो ? नआए यसो गर्नुहोस्

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, ०९ : ०५ मा प्रकाशित

सूर्यज्योति लाइफको बोनस सेयर खातामा आयो ? नआए यसो गर्नुहोस्

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ।

कम्पनीले एक सुचना जारी गर्दै कम्पनीको वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारणसभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत गरी सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

वैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ ।

बोनस सेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले भनेको छ।

कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको