नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस