सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस