Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेप साढे १२ प्रतिशतले बढ्दा,कर्जा प्रवाह भने लक्ष्यको आधा मात्र

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १३ : ०८ मा प्रकाशित

निक्षेप साढे १२ प्रतिशतले बढ्दा,कर्जा प्रवाह भने लक्ष्यको आधा मात्र

गत आर्थिक वर्ष (२०८०/८१)मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७ खर्ब २२ अर्ब अर्थात १२.५० प्रतिशतले वृद्धि हुँदा कर्जा भने २ खर्ब ९१ अर्ब अर्थात ६ प्रतिशतले पनि बढ्न सकेन । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार गर्ने लक्ष्य राखेको थियो । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ७१ अर्ब थियो । ३१ असार २०८१ मा आउँदा कुल निक्षेप बढेर ६४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ ।

२०८० असार मसान्तमा ४८ खर्ब ७८ अर्ब रहेको कुल कर्जा गत आर्थिक वर्षमा ५.९७ प्रतिशतले बढेर ५१ खर्ब ६९ अर्ब पुगेको हो ।
यस अवधिमा वाणिज्य बैंकहरूमा मात्रै निक्षेप १३.१५ प्रतिशतले बढेर ५७ खर्ब ५५ अर्ब पुगेको छ । सोही अवधिमा कर्जा भने ५.८६ प्रतिशतले बढेर ४५ खर्ब ७१ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब ८६ अर्ब र कर्जा लगानी ४३ खर्ब १८ अर्ब थियो ।

कर्जाको तुलनामा निक्षेपको वृद्धि दोब्बर हुँदा बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप अनुपात ७७.६७ प्रतिशतमा झरेको छ । सीडी रेसियो ९० प्रतिशतसम्म कायम गर्न पाइने भएकाले २०८१ असार मसान्तमा बैंकहरूमा कायम रहेको निक्षेपको आधारमा ८ खर्ब लगानीयोग्य स्रोत उपलब्ध रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको