Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा करेक्सनः २० अकंले बजार घट्दा साढे १९ अर्बको कारोबार

अर्थ संसार

सोमबार, १४ साउन २०८१, १५ : १४ मा प्रकाशित

नेप्सेमा करेक्सनः २० अकंले बजार घट्दा साढे १९ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २६६०.९३ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ४४ करोड ५२ लाख ५१ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुमारी बैंकको ५५ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फानान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८.५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ८.१६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको