Like us!
Follow us!
Connect us!
Watch us!

बजार बुलिश यात्रामै हो कि राजनीतिक सेन्टिमेन्ट ?

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, ११ : १५ मा प्रकाशित

बजार बुलिश यात्रामै हो कि राजनीतिक सेन्टिमेन्ट ?

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई स्वागत गर्दै अघि बढेको सेयर बजारलाई मौद्रिक नीतिले राहत दिएपछि सेयर बजारमा रौनक छाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन भएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने चर्चासँगै सकारात्मक गति समाएको सेयर बजारले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री भएपछि र गत शुक्रबार आएको मौद्रिक नितिपछी झनै सकारात्मक लय समाएको हो । 

निरन्तर बढी रहेको बजार हिजो भने सामान्य करेक्सन दखियो । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा करेक्सन देखिएको हो। मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले सेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको थियो । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । ब्याजदर बढ्न नदिने ब्यवस्था समेत रहेको छ ।

नेप्सेमा सोमबार सामान्य करेक्सन आएपनी लगातार बकढे क्रममा छ । नेप्से ओली सरकार आएपछि ५ सय अंकले बढीसकेको छ, केन्द्रीय बैंक र सरकारको ट्युनिङ मिलेको छ, यसकारण सेयरबजार करेक्सन हुँदा माथि उक्लिने बढी सम्भावना छ । बजारमा करिब ३५ महिनापछि सोमबार मात्रै एकै दिन १९ अर्ब बढीको कारोबार भयो । यस्तो अवस्थामा जारी मौद्रिक नीतिले सेयर बजारलाई साथ दिएको र केही समयपछि नै विगतको उच्च विन्दु ३२०० लाई पन्छाएर नयाँ रेकर्ड राख्ने चर्चा हुन थालेको छ । बजारले अब सकारात्मक यात्रा नै तय गर्ने आम लगानीकर्ताको भनार्र्इ रहेको छ । बजारले नयाँ रेकर्ड राख्ने तर्क जानकारहरुले गर्दै आइरहेका छन् ।  तर यहीबीच बजार बुलिश यात्रामै हो कि बजारमा देखिएको रौनकता  राजनीतिक सेन्टिमेन्ट हो ? यस्तो प्रश्न पनि  उत्तिकै चर्चामा छ । तर यस्का लागी बजारको आगामी यात्रालाई पर्खिनु बाहेक लगानीकर्तासँग अन्य विकल्प छैन ।

यस्तै,अबको बजार कता जाला ? बजारले ३२०० लाई पन्छाएर नयाँ रेकर्ड राख्ला त ? यी बिषय पनी चर्चामै भएपनी यी सबैको जवाफ भने अब बजारले समात्ने बाटोले पुष्टि गर्ने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको