Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारी गर्ने प्रस्तावसहित लिबर्टी माइक्रो लाइफले बोलायो विशेष साधारणसभा

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, ११ : ३६ मा प्रकाशित

आईपीओ जारी गर्ने प्रस्तावसहित लिबर्टी माइक्रो लाइफले बोलायो विशेष साधारणसभा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित विशेष साधारणसभा बोलाएको  हो ।

कम्पनी सञ्चालक समितिको बैठकले साउन ३१ गते विशेष साधारणसभा डाकेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२:३० बजे सुरु हुनेछ ।

सभाले आईपीओको विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने बताइएको छ । सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीको प्रथम वार्षिक साधारण सभा चैत २ गते आयोजना भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको