Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको टक्सार महाशाखामा कम्प्युटर बिलिङ लागु

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १३ : ३३ मा प्रकाशित

राष्ट्र बैंकको टक्सार महाशाखामा कम्प्युटर बिलिङ लागु

अबदेखि नेपाल राष्ट्र बैंकले असर्फी बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखाबाट कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था गरिएको जानकारी दिएको हो।

याे सँगै अब टक्सार विभागबाट बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिक सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध हुने भएकाे छ ।

ग्राहकले असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र, मतदाता परिचयपत्र, राहदानी वा नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्र पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। साथै, विदेशी नागरिकको हकमा राहदानी पेस गर्नुपर्ने व्यवस्था गरेकाे छ ।

66a89bf389646.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको