Like us!
Follow us!
Connect us!
Watch us!

२.५ प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा , कुन क्षेत्रमा कति ?

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, १७ : ११ मा प्रकाशित

२.५ प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा , कुन क्षेत्रमा कति ?

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वननिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोडले बढेको हो ।

राष्ट्र बैंकले अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड (२.१ प्रतिशत) ले बढेको बताएको हो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।

कुन क्षेत्रमा कति ?

केन्द्रीय बैंकले २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको उल्लृेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.९ प्रतिशत रहेको थियो । त्यस्तै, समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशतले, विकास बैंकहरुको २.० प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

यस्तै, २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु)को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.० प्रतिशत रहेको छ । २०८० कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.३ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.५ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.९ प्रतिशतले घटेको केन्द्रीय बैंकले बताएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को चार महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १९.६ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा २२.१ प्रतिशतले, हायर पर्चेज कर्जा २.१ प्रतिशतले, नगद प्रवाह कर्जा ०.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.७ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६.६ प्रतिशतले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको