चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स आप्रवाह सवा ५ खर्ब रुपैयाँ भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो चार महिनाको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको तुलनामा रेमिट्यान्स ९.१ प्रतिशतले बढेको छ । यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस