नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ठूलो देखिएको छ ।
अहिले नेपालको अर्थतन्त्र ५५ खर्ब रुपैयाँ हाराहारीमा छ । बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ६६ खर्ब ३७ अर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक खाताको संख्या भने ५ करोड ६२ लाख ५५ हजार पुगेको छ । यो नेपालको कूल जनसंख्याभन्दा झण्डै दोब्बर हो । पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
यस्तै,‘क’, ‘ख’ र ‘ग’ वर्गका ६० बैंक तथा वित्तीय संस्थामा ४ करोड ७४ लाख २४४ निक्षेप खाता रहेको छ । ऋण खाता १८ लाख २७ हजार वटा र ४ हजार ६९६ वटा एटीएम मेसिन राष्ट्र बैंकले जनाएको छ । डेबिट कार्ड प्रयोगकर्ता १ करोड १७ लाख छन् भने क्रेडिट कार्ड प्रयोगकर्ताहरु २ लाख ६९ हजार पुगेका छन् ।
बैंकहरूमा खाता खोल्नेको संख्याभन्दा पनि एउटै व्यक्तिले विभिन्न बैंकहरूमा खाता खोल्ने भएकाले जनसंख्याभन्दा बढी खाता देखिएको हो ।
यसरी बढ्दैछ बैंक खाता खोल्नेको संख्या
आर्थिक वर्ष २०७३/७४ मा बैंकहरूमा निक्षेप खाता खोल्नेको संख्या १ करोड ९७ लाख ५४ हजार ३६ रहेको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप खाता खोल्नेहरूको संख्या २ करोड ३५ लाख ४४ हजार ८५९ पुग्यो ।
आर्थिक वर्ष २०७५/७६ सम्म आइपुग्दा बैंकमा निक्षेप खाताहरूको संख्या २ करोड ७८ लाख ६६ हजार ५०५ पुगेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा निक्षेप खाताहरूको संख्या ३ करोड २४ लाख ५४ हजार २०४ पुग्यो ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा उक्त बैंक खाताहरूको संख्या ३ करोड ७७ लाख ७० हजार ९८५ पुगेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा निक्षेप खाताहरू ४ करोड ४९ लाख ७१ हजार ९६९ पुगेको थियो भने आर्थिक वर्ष २०७९/८० मा ५ करोड ११ लाख ७७ हजार ९२३ पुग्यो । र, आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा बैंकहरूमा निक्षेप खाताको संख्या ५ करोड ६२ लाख ५५ हजार पुगेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस