Like us!
Follow us!
Connect us!
Watch us!

जलमग्न काठमाडौं,एमाले केन्द्रीय कार्यालय डुबानमा

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १० : ५४ मा प्रकाशित

जलमग्न काठमाडौं,एमाले केन्द्रीय कार्यालय  डुबानमा

गए राति परेको वर्षाका कारण काठमाडौं उपत्यकाका खोलानालामा बाढी आउँदा छेउछाउका बस्ती डुबानमा परेका छन् । बल्खुको तरकारी बजारलगायत आसपासका क्षेत्र डुबानमा परेका हुन् । बागमतीमा आएको बाढीका कारण ती क्षेत्र डुबानमा परेका हुन् ।

रातिदेखि परेको पानीका कारण वागमती नदीमा बाढी आएको छ । वागमतीको सतह बढेका कारण किनारमा रहेका बस्तीहरू डुबानमा परेका छन् । थापाथली, टेकु र बल्खुमा रहेका सुकुम्बासी बस्ती जलमग्न भएका छन् । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ । त्यस्तै नेकपा एमालेको केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो हिलाम्य भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको