Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ११ : १३ मा प्रकाशित

प्रतितोला १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा  बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार ८  सय  रुपैयाँ बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार  तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ३०० कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको