Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकम हालसम्मकै उच्च

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १५ : ०९ मा प्रकाशित

नेप्सेमा नयाँ रेकर्ड, कारोबार रकम हालसम्मकै उच्च

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा हालसम्मकै उच्च कारोबार भएको छ। सेयर कारोबार रकमले नयाँ कीर्तिमान रचेको हो । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । जुन हालसम्मकै उच्च हो । 

आज नेप्से परिसुचक ६४.२५ अकंले बढेर २७६०.९० बिन्दुमा कायम भएको छ । 

आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको