Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा

अर्थ संसार

विहीबार, १७ साउन २०८१, ०९ : ०७ मा प्रकाशित

एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एसिया डाइनामिक डेप्ट फन्डको लाभांश घोषणा गरेको छ। 

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटलको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि इकाइधनीहरुलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले साउन १७ गते बुक क्लोज तय गरेको छ । अर्थात, साउन १६ गतेसम्म कायम इकाइधनीहरुले मात्र घोषित लाभांश प्राप्त गर्ने सक्ने छन्। 

क्यापिटलले लाभांश पुनः लगानीको योजना पनि प्रस्ताव गरेको छ। जसअनुसार इकाइधनीहरुले आफूले लाभांशबापत प्राप्त गर्ने रकम (कर तथा डीपी शुल्क कट्टीपछिको) पुनः उक्त योजनाका इकाइहरुमा लगानी गर्न सक्नेछन्। यसका लागि इकाइधनीहरुले साउन ३२ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ।तर योजना सहभागी भई नाम दर्ता गराइसकेका इकाइधनीहरुले पुनः आफ्नो नाम दर्ता गराउन नपर्ने भनिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको