Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ संसार

विहीबार, १७ साउन २०८१, १० : ५५ मा प्रकाशित

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा २० रुँपैयाले बढेको छ । बिहीबार चाँदी प्रतितोला  १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको