अर्थ संसार, काठमाडौं– कृषि विकास बैंकको न्यूरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कृषि विकास बैंक मुख्य शाखा, न्यूरोडका का.मु. मुख्य शाखा प्रवन्धक प्रेमहरी ढुङगेल, सोही शाखाका इसिसि प्रमुख गोपाल गिरी र कर्जा प्रमुख महेश्वर मरहट्टा रहेका छन् ।
यस शाखा अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गरेको प्रहरीले जनाएको छ ।
रकम हिनामिना गर्नमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रपछि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई मंसिर २४ गते आइतबार पक्राउ गरी सोमबार उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस