Like us!
Follow us!
Connect us!
Watch us!

छापावाला सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार  ?

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ११ : ०९ मा प्रकाशित

छापावाला सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार  ?

नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्यले नँया रेकर्ड बनाएको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ४ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्यले नँया रेकर्ड बनाएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन  प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २२ क्यारेट को सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको