गगन थापाको साहस, बिश्प्रकास र चन्द्र भण्डारीको सालिनता , प्रदिप गिरीको विद्वताबाट म प्रभावित छु तर बाँकि नेता कांग्रेसमा छैनन् जसले असललाई असल र खराबलाई खराब भन्न नसक्नेहरु ति नेता होईनन ।
कांग्रेसका साथीहरुले मलाई कति धेरै बिरोधि भएको भन्लान , यो हारमा मेरोपनि सहानुभूति छ तर ,पहिल्यै हार्नुपर्ने अलिक ढिलो भएकोमा दुख छ । देशलाई कंगाल बनाउन कसैको योगदान छ भने कांग्रेसको छ ।
कांग्रेसले बिकास त् दिन सकेन सकेन राजनीतिक सस्कार, नैतिकता ,कर्तब्य, मानबिय मूल्य मान्यतालाई सत्ताले कुल्चिएर आनन्द , विलासितामा रमायो । मैले लगाएको आरोप होईन, इतिहास साक्षी छ, उद्योग बेचेर कमिसन खाएर , जनताको कुरा नसुनी आफ्नो कुरा फलाक्दै नाराको आवरणमा जनता लुटने लुटेरा हो कांग्रेस ।
आफूपनि केहि नगर्ने र अरुलाई नि केहि गर्न नदिने बाँदरे चरित्र बोकेको भ्रष्चारि माउहरुले नौजवान भ्रष्चारि चल्ला कोरल्ने न्यानो गुड हो कांग्रेस ।
भारतको नाकाबन्दीका बेला राष्ट्रसंघमा गएर नाकाबन्दी छैन भन्ने, भ्रष्चारिले चुनाब लड्न पाउनुपर्छ भनेर संसदमा बितण्डा मचाउने, प्रधान न्यायधिसलाई रिसको झोकमा महाअभियोग लाउने , जागिर ख्वाएको सैलिमा मन्त्रि भर्ना गर्ने आदि ईत्यादि कुरामा कांग्रेसको भूमिकाले उसलाई सिध्याएको छ ।
कांग्रेसले देशलाई के दिन सक्यो हैन विकृतिका कुनचाहि पोका दिन असफल भयो भन्ने कोणबाट हेर्दा बढी न्यायोचित हुन्छ ।
बिगतमा नेताहरुले कसैले पटक– पटक र कसैले केहीपटक गल्ति गरे, जनताले पनि त्यहि गल्ति गरे जसले खराब हरुलाई कुनैपनि प्रलोभन वा प्रभावमा बिबेक बन्धक राखेर तिनैलाई चुने त्यो दुर्भाग्यपूर्ण थियो । जसबाट असल परिणामको आशा गर्न सकिदैनथ्यो ।
देशमा बिगतमा भएका परिवर्तनको लागी योगदान गरेकोमा सबैलाई धन्यबाद सलाम छ । तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि देशको आर्थिक बिकास भन्दा हाम्रो लागि सत्ता प्यारो भयो जसले देश डुबायो, हाम्रो स्तरका मुलूक कहाँबाट कहाँ पुगे तर हामि जहाँको त्यहि रहयौ र देशमा गरिबी , बेरोजगारी, अस्थिरता, अराजकता भ्रष्चार आदिले डेरा जमायो, जनताले दुःख पाए ।
बिगतमा आफ्नै बहुमत आउदा समेत बाँदरको हातमा नरिबल भएको कांग्रेस , मनमोहनको सरकारको अन्त्य, प्रजातन्त्र दरबारमा बुझाएको , पजेरो, सुरा सुन्दरी, काण्ड पुरुषको सुत्केरी भत्ता आदि कांग्रेसका उदाहरण हुन् र जब खुमबहादुर, गोविन्दराज, जेपी आदि भ्रष्चारि ठहरिए ति सबै कांग्रेसका प्रभावशली नेता थिए ।
२०५२ सालको जनयुद् ठिक कि बेठीक ? आवश्यकता कि उत्तेजना भन्ने बिसयमा बहस गरेर अब समय खेर नफालौ, पछि फर्केर अल्झिने समय हामीसंग छैन त्यो इतिहासको बिसय हो र त्यसले सकारात्मक नकारात्माक सबै परिणाम दिएको छ ।
मान्छे मारिए होला तर् समाबेसिता, राज्य पुनर्संरचना, गणतन्त्र, जातिय छुवाछुत हटाउन ठुलो भूमिका छ भन्ने मैले देखेको छु । बिगत गइसक्यो, भबिश्य आउनेवाला छ ।
तर बर्तमान हामीसंग छ तसर्थ यो समय बिगत सुधार्ने र भबिश् बनाउने मुख्य केन्द्रबिन्दु हो । त्यसैले हामि यहा केन्द्रित हुन् चुक्यौ भने इतिहासले माफी दिने छैन । बिगतमा गरेका कामबाट पाठ सिकौ सुधारौ र बर्तमान धरातलमा टेकेर काम गरौ हाम्रो भबिश्य उज्वल छ ।
कम्युनिष्टहरु बिगतलाई हेर्ने बर्तमानलाई प्रयोग गर्ने र भबिश्यको योजना तय गर्नेमा कहिलेकाँही अज्ञानता, कहिले उग्रबादी चिन्तन र कहिले पूर्वाग्रह, प्रतिसोध, स्वार्थले, विभाजित भए । बिषय, धारणा एउटै भएपनि मान्छे मन नपरेपछि, स्वार्थ पुरा नभए, पद नपाए पार्टी फुटाउने लहरले देशको कम्युनिष्ट आन्दोलन धरापमा पर्यो ।
गरिब, मजदुरले दुःख पाए, देशको बिकास ओझेल पर्यो यी सबै केहि नेताका आत्मकेन्द्रित सोचाईको परिणाम थिए । तर, बिगत सच्याउदै कम्युनिस्ट एक हुनु आशालाग्दो कुरा हो ।
कम्युनिष्टहरु बिचारको नाममा विभाजित हुनु दुर्भाग्यपूर्ण छ । अब हामि यतातिर अल्झेर हैन समाजवादको आधुनिक नमुना नेपाल बनाउन हरेक एक–एक कदम अघि बढौ । नेपाल जस्तो मुलुकमा परिवर्तन चुनौतिपूर्ण छ ।
तर, गर्दै जाँदा सकिन्छ । मुलत हाम्रो ईमान्दारिता चाहिन्छ । अब गल्ति गर्ने छुट छैन देशका उद्योग कौडीको भाउमा बेचेर देश कंगाल बनाउने जनताले चिनेका छन् अब ति उद्योग पुनर्स्थापित गरौ । निजिकरणले केहि अन्य सकारात्मक प्रभाव त पारेको छ तर सबै क्षेत्रमा जथाभाबी निजीकरण नियन्त्रण गर्नुपर्छ ।
अत्यावश्यक आधारभूत बस्तु र सेवा संचालनमा निजि क्षेत्रलाई हटाउदै राज्यले जिम्मा लिनुपर्छ । निजि क्षेत्रमा ब्यापक श्रम शोषण छ , त्यसलाई राज्यले योग्यता र आवश्यकताको पहिचान गरेर सबै छेत्रमा न्यूनतम ज्याला तोकौ र मानबिय मूल्यको सम्मान गरौ ।
मानिस बाच्नका लागि श्रमजिबिले श्रम गर्छ तर उ दिनहु मरिरहेको छ त्यो कुनै मालिक या पूँजिपतिले देखेको छैन र उसलाई त्यो मानबिय शंबेदनासंग मतलब पनि छैन । पैसा, नाफासंग मात्र उसको चासो छ । मजदुर, श्रम र मानबिय समबेदना किनबेचको बस्तु भएको छ । जहाँ जुन सस्तो पाईन्छ त्यहि खरिद गरिन्छ र मजदुर त्यसको लागि निरिह छ ।
किनकि उसंग अरु विकल्प छैन यो लाखौको संख्यामा विभिन्न क्षेत्रका मजदुरको साझा नियति हो । जसले मानिस भएपनि त्यसको अनुभूति गर्न सकेको छैन । आफ्ना न्यूनतम आवश्यकता पुरा गर्न धौ–धौ छ । जबकि उ दिनरात मेहनत गर्छ । परिवारको भोक र रोगले उ आफै थला परेको छ । उसको जिबन कतै कतै पछाडिबाट निरन्तर चिच्याईरहेको छ । नाम मात्रको हैन चरित्रको पनि कम्युनिष्ट सरकार आवश्यक छ ।
निजि क्षेत्रसँग हातेमालो गर्दै राज्य अघि बढने र जथाभाबी निजीकरण साथै यहाका सोशण र बिकृति राज्यले नियन्त्रण गर्नुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेका आफै बाँच्न सक्छन र नसक्नेलाई राज्यले सहारा दिनुपर्छ किनकि मानबिय जीवन र मूल्य भनेको केहि सिमितका लागि हैन सबैका लागि समान हुन्छ, ।
बलियाले कमजोरलाई निरन्तर खाने हो भने त अफ्रिकाको जंगलमा भएका शेर र हरिणको भन्दा हाम्रो मानबिय जीवन केहि फरक हुदैन तसर्थ यसलाई मानव जिबन बनाउने जिम्मेवारी राज्यको हो ।
२०६२/ ६३ को परिवर्तन पछाडी जब देशमा लोकतन्त्र आयो त्यसपछि माओबादि ठुलो शक्ति भएपनि आफ्नो शक्ति उसले सदुपयोग गर्न सकेन । विस्फोटक पदार्थमा ब्यापक उर्जा हुन्छ त्यसलाई मान्छे मार्न प्रयोग गरिन्छ कि चट्टान फोडेर बाटो नहर बनाउन प्रयोग गरिन्छ । सृर्जनशिलता त्यहा देखिन्छ । जसले मानव जातिलाई लाभ गर्छ, बिगतमा मैले लेखेको छु ।
यदि त्यो समयमा माओबादीले जातिय राज्यको नारा नलगाएको भए आज एमालेको ठाउमा माओबादि र माऒबदिको ठाउमा एमाले हुन सक्ने सम्भावना थियो । तर संबिधान बनाउन तत्कालिन पहिलो संबिधान सभामा माओबादिको उग्र बामपब्थी अराजकताबाद र अरुको दक्षिणपन्थी यथास्थितिबादले विफल भयो ।
त्यसपछि बल्लतल्ल दोश्रो संबिधान सभाले चुनौतिका बाबजुत संबिधान बनायो । मधेसकेन्द्रित दलले भनेजस्तो कँही विभेद छैन त्यो त राजनीतिक भ्रम छरेको हो । सबैलाई अवसर, पहुँच, सम्मान संविधानले दिएको छ । संबिधान बहिस्कार भन्दै त्यहि संसदमा बिभिन्न क्रियाकलामा सहभागी भएपछी के बोल्छ भन्दा के गर्छ त्यो हेर्न जरुरि छ ।
अब बिगतका आरोप प्रत्यारोप बिर्सेर, बर्तमान र भबिश्यको कुरा गरौ । परिवर्तन बिकास, हाम्रै पालामा सम्भव छ, बाम गठबन्धनको स्पस्ट बहुमत आउँदै छ, हरेक प्रदेश सरकार पनि बामपन्थिकै हुदैछ असल राजनीतिक सस्कार बसालौ ।
समाजमा पद, पैसा भन्दा योगदान मानबिय मुल्य मान्यता ,कर्तब्य, जिम्मेवारी धेरै माथि छ भन्ने नेताले बुझौ र जीबनमा पदको लम्बाई हैन त्यसले हासिल गरेका उचाईको महत्व हुन्छ भन्ने नभुलौ ।
आजैबाट असल उदाहरणिय कामको सुरुवात गरौ, लाखौ बिपतमा परेका भुकम्प पिडितको लागि तत्काल युद्दस्तरमा पुनर्निर्माणको काम गरौ र प्राधिकरणलाई राजनीतिको अखडा बन्नबाट रोकौ । भ्रष्चार नियन्त्रण, कानूनी राज्य र सुशासनलाई पहिलो प्राथमिकतामा राखौ ।
त्यसपछि बिदेशी लगानी आकर्षित गरौ , बिदेसिएका युवा नेपाल फर्काउने , बिश्व मन्चमा नेपालको झण्डा फहराउने काममा लागौ । गाँस, बाँ, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गरौ । त्यसका लागि राष्ट्रको आय बढाउन कृषिमा आधुनिकीकरण, उद्योगको स्थापना गरौ ।
पर्यटन जलश्रोत, मानबिय संशाधन , खनिज, जडिबुटीको सदुपयोग गरौ । मुख्यत ईमान्दारिता नभुलौ, अनुत्पादक जमिन बसोबासमा प्रयोग गर्दै खेतीयोग्य जमिनमा बसोबास नियन्त्रण गरौ, बिज्ञान प्रविधिको उपयोग अनुसन्धानमा जोड दिउ, कमिसनको लोभमा नफसौ ।
यो या त्यो वादको नाममा एमाले र माओबादि पार्टी एकीकरण असफल हुनबाट बचाऔँ । मुख्यत, जीबनमा जति कमाएपनि आफुले मरेर रित्तै हात जानुपर्छ र आफुले छोडेका असल कामको श्रेय मात्रसंगै लिएर जान सकिन्छ भन्ने नभुलौ । आयात प्रतिस्थापन गरौ, निर्यात बढाउ किनकि बेचेर धनि हुने हो किनेर कहिल्यै होईन बुझौ ।
बामपन्थिकै, दुई तिहाई आए अबको चार वर्षपछि चुनाब प्रणाली बदलौ, यो साह्रै खर्चिलो र अस्थिर छ । जसले भ्रष्ट्राचार अस्थिरता बढाउछ । सरकारका गलत कामको आलोचना गर्न संसदमा हैन आफ्नै पार्टीभित्रका कार्यकर्ताले असल नियतका साथ देशको सर्वोपरी हितलाई ध्यानमा राखी विपक्षीको भूमिका खेल्दै सचेत गराउने र गलत काम रोक्ने यो हामि सबैको साझा जिम्मेव्वारी हो ।
जबज र एक्काइसौ शताब्दीको जनबाद मिलाएर मार्क्स्बादको नेपाली बिसेसता सहितको हाम्रो सिद्दान्त बिकासबाद र सामाजबाद तय गरौ ब्यबहारमा त्यसै अनुसारको काम गरौ । संगठन भित्र सुद्दिकरण गर्नुपर्छ । संगठन अझ बलियो ब्यापक बनाउदै त्यसलाई बेला बेला जनताको हितका निमित स्वम्सेवकको रुपमा परिचालन गर्नुपर्छ ।
राष्ट्रिय पूजीको बिकास गर्दै अर्थतन्त्र बलियो बनाउन लागौ र प्रगतिशिस समाजवादको लक्ष्य कोरौ । राम्रा कार्यक्रमले जनताको मन जितौ । सबै मित्र राष्ट्रसँग पारस्परिक हित र समान मर्यादाको ब्यबहार गरौ । देशी बिदेशी प्रतिक्रियाबादीसंग सचेत रहदै तिनका गलत कामबिरुद्द लडौ ,राष्ट्रिय एकता कायम गरौ ।
बिपक्षीले भनेजस्तो हामीलाई उत्तर कोरियाको जस्तो तानासाही व्यबस्थाको आवश्यकता छैन । त्यो कम्युनिष्ट को आवरणमा गरिएको एउटा विकृत अभ्यास हो । आफ्ना कुरा लेख्न बोल्न नपाउनु, स्वतन्त्रता र प्रतिस्पर्धा गर्न नपाउनु जस्तो मानबिय पिडा केहि हुन सक्दैन । त्यो जीवन पसुतुल्य हो ।
जहाँ मान्छेले आफुलाई खोरमा थुनिएको पसुजस्तो महसुस गर्छ, त्यस्तो व्यबस्थाको विपक्षीले भनेजस्तो हामि कल्पना पनि गर्दैनौ । कम्युनिष्ट नै जनताका असल मित्र र लोकतन्त्रबादि हुन् । जसले जनातालईं माया गर्छन, उनका कुरा सुन्छन र संगै लिएर अघि जान्छन । उनिहरुसंगै सुखदुख साट्दै आफु हिलो भएर जनतालाई कमलको फुल बनि फ़ुलाउनेछन ।
कहिलेकाँहि त सुर्यमा पनि ग्रहण लागेझै नेपालमा बिगतमा देश अन्धकारमय भयो तर केपी ओलीको सरकार आएपछि राष्ट्रवाद र बिकासको लहर जाग्यो । हामीलाई सपना देख्न र कर्म गर्न प्रेरित गर्यो हामीलाई ब्युझायो र सधै नकारात्मक सोच राख्ने लाई परिवर्तन गर्यो र भन्यो गर्न सकिन्छ गरौ, ।
त्यो हामीले गर्ने हो, आजैदेखि । उठौ जाँगौ लाँगौ अब आर्थिक कोणबाट अघि बढौ । देशमा पाँच वर्षमा कति रोजगारी सिर्जना गर्ने, बृहत राष्ट्रिय गौरबका के –के परियोजना संचालन गर्ने, कुल गार्हस्थ उत्पादन कति पुर्याउने लगायत योजना तय गरौ र हिडौ गन्तब्य नजिक छ ।
सबैमा केहि न केहि गुण हुन्छ र कुनैपनि दोष अबगुण नभएको कोहि हुन् सक्दैन । सबैको राम्रा कुरा सुनौ सिकौ । आफ्ना कमजोरी सच्याउ, कुरा कम काम बढी गर र आलोचना गर्नेहरुको आलोचनामा होईन आफ्नो मूल अभियानमा ईमान्दारिता साथ केन्द्रित भएर अघि बढौ परिवर्तन सम्भव छ । हाम्रै पालामा सुखी समृद्द नेपाल हाम्रै पालामा अब कोहि नफसौं कसैको जालमा ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस