Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

आइतबार, २० साउन २०८१, १० : ५६ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य घटेको छ  ।  सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो  ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको