Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी,कसरी दिने आवेदन ?

अर्थ संसार

आइतबार, २० साउन २०८१, ११ : ५५ मा प्रकाशित

नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी,कसरी दिने आवेदन ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानहरुमा रहेका शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र प्रदेश प्रमुखमा कर्मचारी माग गरेको छ । 

प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कम्पनीले कर्मचारी माग गरेको हो ।  

प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक तह उत्र्तीण गरेको हुनु पर्नेछ भने कम्तिमा बैंक,बीमा र मार्केटिङ क्षेत्रमा १० वर्ष काम गरेको समेत हुनु पर्नेछ । उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर पदका लागि पनि कम्तिमा स्नातक तह उत्र्तीण गरेको र कार्यानुभव हासिल गरेको हुनु पर्नेछ ।  यस्तै सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि स्नातक वा १२   कक्षा उर्तीण गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।  

इच्छुक उम्मेदवारहरुले सूचना प्रकाशित मितिले ७ दिनभित्र कम्पनीको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको