Like us!
Follow us!
Connect us!
Watch us!

आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

अर्थ संसार

आइतबार, २० साउन २०८१, २० : १२ मा प्रकाशित

आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि नेपालको प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी सेप्टेम्बरमा हुने क्यानडा र ओमानविरुद्धको आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

क्यानले कप्तान रोहित पौडेलसहित २२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो ।

नेपालले क्लोज क्याम्पका लागि बोलाएका खेलाडीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भिम सार्की, आरिफ सेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमल सिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजबंशी, सुर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सगर ढकाल र सन्दीप जोरा रहेका छन् ।

नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको