Like us!
Follow us!
Connect us!
Watch us!

१७.५५ अर्ब रिजर्भ राखेको एनआईसी एसियाले कर्जा प्रवाह बढायो, सूचकहरुको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, ०८ : ५७ मा प्रकाशित

१७.५५ अर्ब रिजर्भ राखेको एनआईसी एसियाले कर्जा प्रवाह बढायो, सूचकहरुको अवस्था कस्तो ?

एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०।८१ चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 

बैंकले गत आर्थिक वर्षको असार मसान्त सम्म १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिसम्म बैंकले ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ६८.९१ प्रतिशतको नाफामा संकुचन आएको हो। 

खुद ब्याज आम्दानी

असार मसान्त सम्म बैंकको खुद ब्याज आम्दानी १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा सिमित भएको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १३.३९ प्रतिशतको घटेको हो। 

संचालन मुनाफा
गत आर्थिक वर्षको अन्तिम त्रैमास सम्म बैंकको सञ्चालन मुनाफा ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोहि अवधि सम्म यो नाफा ६ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ थियो जुन ५३.८३ प्रतिशतले घटेको हो।  

खराब कर्जा अनुपात (एनपीएल) 
१.७४ प्रतिशत 

इम्पेयरमेन्ट चार्ज 
२ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ 

चुक्तापुँजी
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ

रिजर्भ
१७ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ

रिटेन्ड अर्निङ
२ अर्ब ३० करोड ४० लाख रुपैयाँले ऋणात्मक

प्रतिसेयर आम्दानी (ईपीएस) 
९.२६ रुपैयाँ

पीई रेसियो
४७.८४ गुणा

प्रति सेयर नेटवर्थ
२०२.२४ रुपैयाँ

प्रति सेयर वितरणयोग्य मुनाफा
१५.४५ रुपैयाँले ऋणात्मक

निक्षेप संकलन र कर्जा प्रवाह 
बैंकले ३ खर्ब ५४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७२ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको