Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १० : ५२ मा प्रकाशित

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला २ सय रुपैयाँ घटेको सुनको मूल्यले सोमबार नयाँ रेकर्ड कायम गरेको हो । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्म कै उच्च हो । आइतबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

सोमबार २२ क्यारेटको सुन प्रतितोला १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २२ क्यारेटको सुन १ लाख ३७ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको