Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले भन्यो,मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १५ : ०८ मा प्रकाशित

प्रभु बैंकले भन्यो,मुद्दति रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

प्रभु बैंकको झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारका सम्बन्धमा बैंकको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको हो । 

उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको बैंकले जारी विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मन्जु कुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी थाहा भएपछि बैंकले अनुसन्धान गरेको बैंकले जनाएको छ । 

बैंकले आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको पुष्टि भएको बैंकको भनाइ छ । सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बैंकले जनाएकोे छ ।  

66b09bb2af1e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको