Like us!
Follow us!
Connect us!
Watch us!

४० अकंले बढ्यो नेप्से,२१ अर्ब ८६ करोडको कारोबार

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १५ : १५ मा प्रकाशित

४० अकंले बढ्यो नेप्से,२१ अर्ब ८६ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.७६ अकंले बढेर २७९६.३८ बिन्दुमा कायम भएको छ । आज ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ४४ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत, कुथेली बुखरी हाइड्रो, माथिल्लो मैलुङ खोला, भगवती हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको