Like us!
Follow us!
Connect us!
Watch us!

जनतालाई ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छः सांसद सिंह

अर्थ संसार

सोमबार, २१ साउन २०८१, १५ : ३६ मा प्रकाशित

जनतालाई ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीमाथि सरकारले तत्काल छानविन गर्नुपर्छः सांसद सिंह

प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा बिना आधार सेयर  बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानविन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाई थियो ।

सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनैपनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरूले पनि कडा निगरानी राख्नुपर्ने बताए।

सांसद सिंहले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस्। सरकारले यसलाई रेगुलेट गरोस्। छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरू छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ? तिनीहरूलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु।’

सेयर बजारमा कृतिम ढंगले काम गर्ने कुनैपनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने पनि सांसद सिंहले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको