Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार नेप्से अत्याधिक घट्नुको दुई कारण

अर्थ संसार

मंगलबार, २२ साउन २०८१, २० : २४ मा प्रकाशित

मंगलबार नेप्से अत्याधिक घट्नुको दुई कारण

आज नेपालका सेयरबजारका लगानीकर्ताहरूको लागि पक्कै पनि राम्रो दिन रहेन। आज एकै दिन नेप्सेमा ठूलो करेक्सन देखिंदा लगानीकर्ताहरूले आफ्ना  सम्पत्तिहरूको मूल्यमा गिरावट देख्नपर्यो। नेप्से परिसूचक एकै दिन ५.१८%ले घट्यो र एकै दिन १४५. ०५ अंकको गिरावट आउँदा नेप्से परिसूचक २६५१.३२ मा पुगेको छ।

एमालेको नयाँ सरकार गठनको कुरा सुरु भएसँगै बढ्न सुरु भएको नेप्से परिसूचकलाई मौद्रिक नीतिले समेत साथ दिँदा लगानीकर्ताहरु निकै नै उत्साहित थिए।  

निरन्तर बढिरहेको नेप्सेमा सामान्य करेक्सन आउने आकलन गरेता पनि एकै दिन ठूलो करेक्सन आउँदा एकाएक बजारमा अन्योलको स्थिति बन्यो। धेरै लगानीकर्ताहरू आज किन एकाएक नेप्से परिसूचक यति धेरै घट्यो भन्नेमा आश्चर्यमा छन्। 

केही लगानीकर्ता तथा बजारका जानकारहरू पनि नेप्सेले करेक्सन खोजिरहेको अवस्थामा आजको करेक्सनलाई सामान्य रुपमा लिनुपर्ने र बजार  बिस्तारै फेरि आफ्नो रफ्तारमै फर्कने आकलन गर्छन। 

यद्यपि आज बजार घट्नुमा भने प्रमुख दुई कारण देखिएका छन्।

कारण नम्बर १ :संसदमा सेयर बजारबारे नकारात्मक टिप्पणी

मङ्गलबार नेप्से परिसूचकमा पहिरो आउनुको प्रमुख कारण भने संसद भवनमा सोमबार सांसदले गरेको नकारात्मक टिप्पणीलाई बुझिएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा सँग संलग्न कम्पनीहरु माथि छानबिन गर्न सरकारलाई माग गरेका थिए। 

सोमबार बोल्दै उनले बिना आधार सेयर बजार उकालो लागेको र आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र पुननिर्माथि छानबिन गर्नको लागि एउटा समिति गठन गर्नुपर्ने माग गरेका थिए|

सांसद सिंहले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु–गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस्। सरकारले यसलाई रेगुलेट गरोस्। छानविन समिति बनाएर त्यस्ता कृतिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरू छ, कसले जनतालाई गुमराहमा पार्ने काम गरेको छ? तिनीहरूलाई कारबाहीको लागि छानविन समिति गठन गर्न सरकारसँग माग गर्दछु।’

सोमबार संसदमा सिंहले चारवटा बजारमा कारोबार भइरहेका कम्पनी र बजारमा परिचित ४ जना व्यक्तिको नाम लिँदै संसदमा बोलेपछि त्यसको असर बजारमा देखिएको हो। संसद सिंहले बोलेपछि लगानीकर्ताहरूमा नकारात्मक मनोवैज्ञानिक असर देखा परेको कारण  मङ्गलबार बजारमा सेयर किन्ने भन्दा पनि बेच्ने लगानीकर्ता हावी भएपछि बजारमा करेक्सन देखिएको अनुमान लगाउन सकिन्छ। 

कारण नम्बर २: विश्व सेयर बजारमा करेक्सन

गत सातादेखि नै विश्वभरको सेयर बजार परिसूचकमा गिरावट आइरहेको छ। भारतको निफ्टी इन्डेक्स पनि घटी नै निरन्तर घटि नै रहेको छ।  सोमबार नियुक्ति ६६२ अंकले घटेको थियो भने आज मङ्गलबार ६३ अंकले घटेको छ। त्यस्तै बिएस्सी सेन्सेक्स पनि  १६६.३३ अंकले घटेको छ।

हङकङको ह्यान्सिङ इन्डेक्स भने आज सामान्य रूपले घटेको छ। उक्त इन्डेक्स आज जम्मा ०.३१%ले घटेको छ।

इरान र इजरायल बीच युद्धको आशंकापछि अमेरिका र एसियाको सेयर बजारमा  केहि दिन देखि गिरावट देखिएको हो। केही दिनदेखि निरन्तर नै अन्तर्राष्ट्रिय रूपमा बजार घटिरहँदा नेपालको सेयर बजार भने बढिरहेको थियो। जानकारहरूले अन्तर्राष्ट्रिय रूपमै बजार घट्दा यसको प्रभाव नेपालको सेयर बजारमा समेत केही न केही देखिने आकलन गरिरहँदा त्यसको आज असर देखिएको विश्लेषण पनि गरिएको छ।

तर सकारात्मक कुरा के हो भने निरन्तर घटिरहेको विश्वका धेरै देशका सेयर बजारमा मंगलबार सुधार देखिसकेको छ। निरन्तर घटिरहेको जापानको निक्की इन्डेक्समा आज सुधार देखिएको छ। निक्की बढ्दा अर्को टपिक्स इन्डेक्स पनि आज बढ्यो।

तेस्तै ताइवानको स्टक एक्सचेन्ज पनि आज सुधार देखिसकेको छ। आज मात्रै टपिक्स परिसूचक छ ३.१८ ले बढेको छ।

त्यस्तै दक्षिण कोरियाको कप्सी इन्डेक्स पनि आज ३ .३०%ले बढेकै छ। हङकङको ह्याङ सेङमा आज मात्र ०.२३%ले सुधारिएको छ।  आज मात्रै बिटकोइन ३.६४ प्रतिशतले बढेको देखिन्छ। बिटकोइनको मूल्य करिब ५६ हजार युएसडी पुगेको छ। 

अर्को ,न्युयोर्कको एनवाइएसी स्टकमा पनि सुधार देखिसकेको छ। आज मात्रै एनआइएसी १.२९ प्रतिशतले बढेको छ। विश्वको सेयरबजारमा करेक्सनपछि सुधार देखिसकेकोले नेपालको नेप्सेमा पनि सुधार हुने आंकलन गर्न सकिन्छ। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको