Like us!
Follow us!
Connect us!
Watch us!

१०८ अंकले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार

अर्थ संसार

बुधबार, २३ साउन २०८१, १५ : ०४ मा प्रकाशित

१०८ अंकले बढेको नेप्सेमा करिब १८ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०८.३५ अकंले बढेर २७५९.६७ बिन्दुमा कायम भएको छ । बुधबार २३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमलयन रिइन्स्योरेन्सको  सेयर खरिद विक्री भएको छ । आज यस कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५५ करोड ७३ लाख रुपैयाँको  सेयर कारोबार भएको छ ।

आज आज बोटलर्स नेपाल बालाजू, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटिी होटल र हिालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंक डिबेञ्चर २०८३ ८४ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.८२ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको