Like us!
Follow us!
Connect us!
Watch us!

अब म प्रधानमन्त्री बन्दिनँ, २०८४ मा एक नम्बर पार्टी भयो भने सोचौंला: प्रचण्ड

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १० : १९ मा प्रकाशित

अब म प्रधानमन्त्री बन्दिनँ, २०८४ मा एक नम्बर पार्टी भयो भने सोचौंला: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको चालू कार्यकालमा आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका छन् ।

हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने प्रयास नगर्ने बताएका हुन् ।‘कतिपयलाई लाग्ला मौका मिल्यो भने ‘प्रचण्ड’ फेरि प्रधानमन्त्री बन्न गइहाल्छ । तपाईंहरुलाई म भन्छु–अब म प्रधानमन्त्री यो कार्यकालमा हुन्न’, ‘प्रचण्ड’ले भने ।

सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपे, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’तर, २०८४ पछि एक नम्बर पार्टी भयो भने प्रधानमन्त्रीका लागि त्यतिबेला सोचिने उनले बताए । ‘भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौँला’, ‘प्रचण्ड’ले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको