Like us!
Follow us!
Connect us!
Watch us!

६ अंकले बजार बढ्दा कारोबार रकम २० अर्बमाथि

अर्थ संसार

विहीबार, २४ साउन २०८१, १५ : १४ मा प्रकाशित

६ अंकले बजार बढ्दा कारोबार रकम २० अर्बमाथि

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७० अंकले बढेर २७६६.३८ को विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता से यर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख रुपैयाँमाथि कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २० करोडको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोडको सेयर कारोबार भएको छ । निफ्राको ९२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ६ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु, सर्वोत्तम र सोनाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एनआरएनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको