Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार रकमले नँया रेर्कड बनाउँदा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, २८ साउन २०८१, १५ : १९ मा प्रकाशित

कारोबार रकमले नँया रेर्कड बनाउँदा यी १० कम्पनीको भयो उच्च कारोबार

सेयर कारोबार रकममा अघिल्लो दिन बनेको उच्च रेकर्ड सोमबार नै तोडिएको छ । यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो आइतबार २५ अर्ब २७ करोडको कारोबार भएको थियो ।

कारोबार रकमले नयाँ रेकर्ड बनाउँदा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.८१ अकंले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१  बिन्दुमा कायम भएको छ । यो अंक ३० महिनायताकै उच्च हो ।

आज १७१ कम्पनीको सेयरमूल्य बढ्दा ६८ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ। आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

हिमालय रिइन्स्योरेन्सः १ अर्ब २२ करोड ८० लाख रुपैयाँ
शिवम सिमेन्टः ९२ करोड २८ लाख रुपैयाँ
नेपाल फाइनान्सः ८४ करोड ३६ लाख रुपैयाँ
निफ्राः ७२ करोड ९० लाख रुपैयाँ
हिमालयन लाइफ इन्स्योरेन्सः ५७ करोड २५ लाख रुपैयाँ
अपी पावरः ५० करोड ८६ लाख रुपैयाँ
अपर तामाकोशीः ४९ करोड १३ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ४१ करोड २८ लाख रुपैयाँ
एचआईडीसीएलः ४० करोड ३३ लाख रुपैयाँ
हिमाल दोलखा हाइड्रोपावरः ३८ करोड ३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको