Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा सांसद बोल्दा बोल्दै माइकको लाइन काटिएपछि संसद् अवरोध

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १३ : ५५ मा प्रकाशित

रास्वपा सांसद बोल्दा बोल्दै माइकको लाइन काटिएपछि  संसद् अवरोध

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद् अवरोध गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद हरि ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेको तर अर्को विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले ढकालको माइक काटेका थिए । 

त्यसपछि रास्वपा र राप्रपा सांसदहरू उठेर होहल्लासहित अवरोध गर्न पुगे । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाए ।

रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गरेका थिए।

प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले २२ अर्बको बक्यौता १६ हुँदै ६ अर्बमा झर्दा पनि उठाउने कसैलाई चासो नभएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले विद्युत लाइन जसरी जोड्न निर्देशन दिनुभएको थियो। उठाउन पनि उसै गरी निर्देशन दिनुपर्‍यो। मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यस्तो हालत छ। मिटर नभएका भन्सार हेरौँ, मालपोतको के छ हालत ?’

प्रतिपक्षले सदनमा उठाएको भ्रष्टाचारको मुद्दा रोक्ने रवैया नदेखाउन आग्रह गरे।

उनले भने, ‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको