Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य हुँदैन:रास्वपा

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १४ : १७ मा प्रकाशित

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य हुँदैन:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानुन बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

निश्चित सीमाभित्र बाँधेर विगतमा गरेका भ्रष्टाचारजन्य कामबाट उन्मुक्ति खोज्ने बाटोमा लागेर राजनीतिक दलहरूले गम्भीर त्रुटि गरेका उनको भनाइ छ।

‘भ्रष्टाचार निवारणसम्बन्धी जुन कानुन बनिरहेको छ, त्यसमा हदम्याद राख्ने कुरा भएको छ। त्यो कदाचित स्वीकार्य हुँदैन । कुनै पनि वेला भ्रष्टाचारको आशंका हुँदा मुद्दा चल्न सक्छ। त्यसलाई कुनै निश्चित समयभित्र राखेर विगतमा गरेका भ्रष्टाचारजन्य कामबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटि गर्दै छन्। त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार गर्दैन,’ उनले भने। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको