Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार जुवा घर हो,जुवाघरमा जित्ने जुवा खेलाउने नै हुन्छन्: दुर्गा प्रसाईं

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १५ : ०० मा प्रकाशित

सेयर बजार जुवा घर हो,जुवाघरमा जित्ने जुवा खेलाउने नै हुन्छन्: दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सेयर बजार जुवाको घर भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै  प्रसाईंले सेयर बजार साना लगानीकर्ताको लागि नभएको बताएका हुन् । प्रसाईंले सेयर बजारमा साना लगानीकर्ताको लगानी कहिल्यै पनि सुरक्षित नहुने बताएका छन् । 

उनले भनेका छन्, ‘सेयर बजार एक किसिमको जुवा घर हो । जुन जुवाघरमा जित्ने जहिले पनि जुवा खेलाउने हुन्छन् ।’

उनी सेयर बजार सीमित तस्कर, मारवाडी, सरकार, मिडिया र कथित अभियान्ताहरुले मात्र कमाइखाने भाँडो रहेको दाबी गर्छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सेयर बजारमा साना लगानी कर्ताको लगानी कहिल्यै पनि सुरक्षित हुँदैन । यो एक किसिमको जुवा घर हो । जुन जुवाघरमा जित्ने जहिले पनि जुवा खेलाउने हुन्छन् । जुवा खेलाउनेमा सेयर बजारका सिमित तस्कर मारवाडी,सरकार,मिडिया र सिमित सेयर बजारका स्व.कथित अभियान्ता हुन्छन् । बाकी सबै लाखौं लाख जनता बजारमा घप्पु दाउ हान्न बसेका हुन् । उनीहरुको भागमा एक पटक एक्का पर्यो भने तिनपटक दुक्का पर्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको