Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य करेक्सन,८ अंकले बजार घट्दा साढे २१ अर्ब बढीको कारोबार

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, १५ : ११ मा प्रकाशित

नेप्सेमा सामान्य करेक्सन,८ अंकले बजार घट्दा साढे २१ अर्ब बढीको कारोबार

पछिल्ला ४ कारोबार दिनमा लगातार बढेको सेयर बजारमा कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ ।आज नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३ .४६ को बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको