Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोपावरले बढायो लगानी, जगेडा कोषमा ४८.२७ करोड सञ्चित

अर्थ संसार

बुधबार, ३० साउन २०८१, ०८ : ३९ मा प्रकाशित

सिईडिबि हाइड्रोपावरले बढायो लगानी, जगेडा कोषमा ४८.२७ करोड सञ्चित

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा 
सिईडिबि हाइड्रोपावरले गत आर्थिक वर्षको असार सम्म ८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधि सम्म कम्पनीले ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो ३०.३९ प्रतिशत कम हो। कम्पनीको सेवा शुल्क, ब्याज र कमिशन आम्दानी १९.०४ प्रतिशतले घटेको भने खर्च बढेको कारण नाफा घट्न पुगेको हो। 

बढायो लगानी 
यस कम्पनीले आफ्नो लगानी भने बढाएको छ।  कम्पनीले अहिले ७२ करोड २५ लाख लगानी गरेको छ।  गत वर्षको सोहि अवधि सम्म कम्पनीको लगानी ४४ करोड ९० लाख मात्र गरेको छ। कम्पनीले २७ करोड ३४ लाख लगानी बढाएको देखिन्छ। 

प्रति सेयर आम्दानी
८ रुपैयाँ ८० पैसा घट्यो (५ रुपैयाँ २३ पैसा घट्यो)

प्रति सेयर नेटवर्थ
१५१ रुपैयाँ ८१ पैसा

मूल्य आम्दानी अनुपात
१३१.६६ गुणा

चुक्ता पूँजी
९३ करोड १७ लाख रुपैयाँ

जगेडा कोष
४८ करोड २७ लाख रुपैयाँ सञ्चित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको