Like us!
Follow us!
Connect us!
Watch us!

अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन:यशोदा फुड्स

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, १० : ३९ मा प्रकाशित

अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन:यशोदा फुड्स

करेन्ट चाउचाउ उत्पादन तथा बिक्री वितरण गर्दै आएको यशोदा फुड्स प्रालिले आफूहरुको उत्पानदको बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रचार भएको भन्दै आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

कुनै एउटा लेबलविरुद्ध परेको मुद्दापछि आफूहरुले त्यसको उत्पादन नगरेको तर अन्य उत्पादनहरु यथावत रहेको भए पनि सर्वोच्च अदालतबाट २०८१ साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी भएको आदेशको गलत व्याख्या गरी बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार भन्दै यशोदा फुडस प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन बिक्री वितरण रोक्न अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा उच्च अदालत पाटनको संयुक्त इजालस सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंबाट २०८० को जेठ २७ गते भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो’ भनी आदेश गरेको थियो। उक्त आदेशलाई सर्वोच्च अदालतले साउन ३२ मा ‘कानुन बमोजिम गर्नू’ भनी आदेश भएको थियो। अदालतको आदेशको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुडसको उत्पादनको विक्री वितरणमा सर्वाेच्च अदालतले रोक लगाएको भनी अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको यशोदा फुड्सले जनाएको छ।

यशोदा फुड्स प्रालिले उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरुमा मात्र उत्पादन गरी आएको जनाएको छ ।
उच्च अदालतको आदेशपछि यशोदा फुड्ले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त सँलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको जनाएको छ।

तर यस विषयलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको भनी गरिएको भ्रामक समाचारमा सार्वजनिक भएको भन्दै कम्पनीले यस्ता हल्लाको पछाडि नलाग्न उपभोक्ता, व्यापारी तथा डिलरहरुलाई अनुरोध गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको