Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

अर्थ संसार

मंगलबार, ०४ भदौ २०८१, १७ : १० मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

प्रशान्ति टोल विकास संस्थाको साधारण सभाअन्तर्गत संस्थालेलएक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन्’ भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

बैंकका कोशी क्षेत्रका प्रमुख मोहनदत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञानबहादुर कार्कीलाई हस्तान्तरण गरे । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको