Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १३ : ४९ मा प्रकाशित

कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा

कामना सेवा विकास बैंकले प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।  

असोज ३० गते साधारण सभा सम्पन्न गरेको यस बैंकले कात्तिक १ गतेबाट लाभांश खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ । 

यता, बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । बैंकको असोज ३० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको