Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह उपनिर्वाचनमा रास्वपा सहभागी हुने

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १४ : ४१ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनमा रास्वपा सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक  प्रवक्ता मनीष झाले दिए।

निर्वाचन आयोगले आगामी मंसिर अन्तिम साता उपनिर्वाचनको मिति सरकारलाई प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगका अनुसार विभिन्न स्थानीय तहका ३४ वटा पदमा पदमा उपनिर्वाचन गर्नुपर्नेछ।

रास्वपा २०७९ असार ७ गते गठन भएको थियो। निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको उक्त पार्टीले २०७९ सालको स्थानीय तह निर्वाचनमा भाग लिएको थिएन। स्थानीय चुनाव २०७९ वैशाखमा भएको थियो। सोही वर्ष भएको प्रदेशसभा निर्वाचनमा पनि रास्वपा सहभागी भएन। प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१ सिट छ। त्यस्तै पार्टीका निलम्बित महामन्त्री मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने र त्यसपछिमात्रै उनीमाथि थप कारबाही गर्ने निर्णय रास्वपाको बैठकले गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको