Like us!
Follow us!
Connect us!
Watch us!

हरियो भएर बन्द भयो सेयर बजार,करिब १९ अर्बको कारोबार

अर्थ संसार

बुधबार, ०५ भदौ २०८१, १५ : ११ मा प्रकाशित

हरियो भएर बन्द भयो सेयर बजार,करिब १९ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.११ अकंले बढेर २९६८.४४ बिन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ५११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४५ करोड माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको