Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा ११ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, ११ : ०७ मा प्रकाशित

तोलामा ११ सयले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । बुधबार ८ सय रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य बिहीबर ११ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,बिहीबार चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको