Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत नभएको नेशनल फण्ड म्यानेजमेन्टको डरलाग्दो प्रयास रोकियो, सेयर लिलामी प्रकिया रद्द

अर्थ संसार

शुक्रबार, ०७ भदौ २०८१, १० : २२ मा प्रकाशित

सूचीकृत नभएको नेशनल फण्ड म्यानेजमेन्टको डरलाग्दो प्रयास रोकियो, सेयर लिलामी प्रकिया रद्द

भदौ ६ एक सूचना जारी गर्दै अवितरित हकप्रद सेयरलाई लिलामी मार्फत बिक्री गर्ने तयारी गरेको नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले त्यसको भोलि पल्टै अर्थात भदौ ७ मा एक सूचना जारी गर्दै उक्त प्रकिया नै रद्द गरेको छ । 

भदौ छ मा कम्पनीले  एक सूचना जारी गर्दै भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री मार्फत  ११ लाख ७२ हजार कित्ता सेयरको बिक्री गर्ने तयारी गरेको थियो। 

यस अगाडी कम्पनीले आफ्ना कायम सेयरधनीहरुलाई २ः१ अनुपातमा ५४ लाख कित्ता हकप्रद सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म बिक्री खुला गरेको थियो । कायम रहेका सेयरधनीले नहालेको हकप्रदलाई कम्पनीले सानिमा क्यापिटल मार्फत सेयर लिलाम प्रक्रिया अगाडी बढाएको थियो। 

कम्पनीले लिलामीमा सेयरको न्यूनतम मूल्य रू ५० मा प्रिमियम बापत रू ५० थप गरेर न्यूनतम रू १०० मा सर्वसाधारणलाई बिक्री गर्ने तयारी थियो। 

सूचीकृत नभएको कम्पनीको डर लाग्दो प्रयास रोकियो

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड दोस्रो बजारमा सूचीकृत कम्पनी होइन।त्यसमाथि नबिकेको हकप्रदमा प्रिमियम मूल्य थप्नुलाई कुनै पनि धितोपत्र कानुनले अनुमति दिएको छैन। गैरकानुनी रुपमा कम्पनी अगाडी बढेको र त्यसमा सानिमा क्यापिटलले साथ दिएपछि धितोपत्र बोर्डले क्यापिटल माथि कारबाही अगाडी बढाउने र हकप्रद रोक्ने तयारी गरेको बुझेपछि सूचना जारी गर्दै प्रकिया रद्द गरिएको छ। \

बोर्डले यस विषयमा क्यापिटलसँग स्पष्टीकरण सोध्ने तयारी गरिएको बोर्ड स्रोतले अर्थसंसारलाई जानकारी दिए। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको