VAT भनेको करदातालाई दिने संकेत हो । त्यो संकेत को माध्यम बाट कर कार्यालय ले तपाइलाई चिन्ने गर्दछ । हाल यसलाई अनलाइन बेश मा प्रयोग मा ल्याइएको छ ।
कुनैपनि करदाताले आफ्नो विवरण प्रस्तुत गर्न आफ्नो हिसाबकिताब को विवरण बुझाउन को लागि हाल आफ्नो छुट्टै USER तथा PASSWORD दिएको छ ।
जसको माद्यमबाट स्वयेम आफ्नो आर्थिक विवरण प्रस्तुत गर्न सकिन्छ, प्रस्तुत विवरण लाइ सम्बन्धित कर कार्यालयमा गइ VERIFY गर्नु पर्दछ । PA को आवस्यकता भनेको आफ्नो कारोबार लाइ कर कार्यालयमा प्रस्तुत गर्न हो ।
यसको आवस्यकता भनेकै आफ्नो कारोबार लाइ सहजता ल्याउन , आफुले गरेको खर्च मिलान गर्न , तिरेको कर को समायोजन गर्न को लागि हो ।
तपाई PAN लिनुभएको छैन तर आफुले सेयर कारोबारमा कर तिरिरहनु भएको छ तर तपाइले तिरेको कर को के अर्थ ? जुन कर मा तपाइको कुनै अधिकार तथा देश प्रतिको दाइत्व देखिदैन भने ? जसको लागि PAN को आवस्यकता पर्दछ ।
तपाइले आफ्नो दैनिक जीवनमा अनेक किसिमका कारोबारहरु गर्नुहुन्छ । (खाजा खानुहुन्छ VAT बिल दिन्छ, बस चड्नुहुन्छ PAN बिल दिन्छ, पेट्रोल भर्नुहुन्छ, दैनिक अनेक खर्च गर्नुहुन्छ ) जसको प्रस्तुति गरि आफ्नो बार्षिक कारोबारको लेखजोखा पनि हुने आफ्नो आम्दानी तथा खर्चको विवरण पनि प्राप्त गर्न सकिने, तेसैले हो PAN को आवस्यकता ।
पुँजीगत लाभ र कर निर्धारण व्यवस्था
पुँजीगत लाभ भनेको पुँजीगत साधनहरु खरिद बिक्रि गर्दा प्राप्त नाफा नाफालाई लिने गरिन्छ ।
पुँजीगत सम्पति कसैसंग गाभियो ,साटियो, रद्ध गरियो , बिनाश भयो, म्याद सकियो , कसैलाई समर्पण गरियो, वा त्यसको दायित्व बाट मुक्ति भएको अवस्थामा पुँजीगत लाभ गणना गरिन्छ गर्न सकिन्छ ।
सेयर करोबार गर्दा प्राकृतिक व्यक्तिको हकमा १० % अन्य अवस्था मा १५ % कर लाग्दछ । जुन कारोबार कै समयमा लाग्दछ तर बार्षिक हिसाब किताबमा भने त्यो कर बापत तिरेको रकम समायोजन गर्न सकिन्छ ।
तपाईले किनेको सेयर मूल्य भन्दा बेचेको सेयर मूल्य कम भयो भने कर तिर्नुपर्दैन । तर पहिले किनेको सेयर अहिले नाफामा बेच्नुभयो भने कर तिर्नुपर्दछ । कर कति तिरियो कति तिरियो भन्ने कुरा सम्बन्धित ब्रोकर तथा सम्बन्धित स्टक एक्सेंजबाट लिन सकिन्छ ।
एक कुरा अवगत गराउन चाहन्छु : सेयर कारोबारको लागि कुनै पुंजीको श्रोत खुलाई राख्नुपर्ने बाध्यता तथा आवस्यक छैन । अर्को महत्वपुर्ण कुरा सम्झिरख्नुहोस १० बर्ष अघि किनेको सेयर छ र अहिले बेच्दै हुनुहुन्छ भने कुनै कर तिर्नुपर्दैन ।
५ बर्ष अघिको सेयर हो भने नाफाको ५ % मात्रै कर लाग्दछ ५ बर्ष भन्दा कम समय सिमाको लागि माथि उल्लेख गरिए बमोजिम प्राकृतिक व्यक्ति ले १० % अन्य अवस्था मा १५ % ।
अब तपाइको समस्या भनेको पहिले किनेको सेयरबाट घाटा हुदाको हुदाको रकम समायोजन कसरि गर्ने हो तेस्को लागि बार्षिक हिसाब किताब कर कार्यालयमा पेश गरेमा असुल गर्न सकिन्छ यसको लागि PAN को आवस्यकता छ ।
बजारमा कहिले कालो धन कहिले PAN तथा VAT को हाउगुजी आउने गर्दछ फेरी एकपटक आउने छ सजग र संयम भएर मनन गर्नुहोला ।
धेरै जसो कुराहरु केहि अगाडी का दिन हरु मा प्रस्तुत पनि भएका छन् र केहि माथि उल्लेख पनि भैसक्यो । PAN लगानीकर्ता आफैको लगानीकर्ताको लागि महत्व राख्दछ आफ्नो हिसाब किताबको पूर्ण विवरण आफ़ुसंग हुन्छ, लगानीकर्तालाइ फैदै फाइदा छ ।
तेसैले कसैले यस बिरुद्धमा कसैले नकारात्मक हल्ला फ़ैलाउछ भने खबरदारी गरौ, नियामकलाइ पनि खबरदारी गरौ । मैले यहिबाट खबरदार गरिसके ।
VAT को बिसय थोरै जोडे, अहिलेसम्म सेयर बजारमा VAT लगाउने कुराको कुनै पनि फाइल अगाडी बढेको अवस्था होइन ।
VAT भनेको टोटल कारोबार को कुल मूल्यमा लाग्ने गर्दछ, तर पुंजी बजारमा यो ठुलो बिसय हो, ब्रोकर कमिसनको मार मा पिल्सिएका लगानीकर्ताको लागि नियामक ले फेरी एस्तो निर्णय नगरोस, VAT लगाउनेनै भए तेही कमिसनमा कट्टा गर्नुको अर्को विकल्प छैन, कमिसनमा कटौती गरियोस कमिसन पनि कटौती होस् ।
कालो धन : धन कहिले कालो-कहिले सेतो, कसैको कालो-कसैको सेतो हुदैन । सेयर बजार मा आउने हरेक ठुलो रकम सबै बैंक मै सुद्धिकरण भएर आउछ बैंक ले घोटाला गर्ने सम्भावना छ, तर बैंक लाइ कारबाही गर्नु को अलावा सेयर मा पैसा कालो सेयर मा पैसा सेतो भनेर हावा फैलाउने अनि सानालाइ मारी खाने धन्दा हो बुझौ सेयर मा गरेको लगानी को कुनै श्रोत देखौन पर्दैन किन कि त्यो पैसा छिर्दैमा सफा भैसक्छ ।
हावामा आउने गुजीको पछि नलागौ । नियामकलाइ आग्रह गर्दछु एस्तो हल्ला फिजाउने हरेक मिडियाहरु प्रत्यकलाइ कारबाही होस् । यो कालो सेतो हेर्ने काम राष्ट्र बैंकको हो । हेर्नु छ भने बैंकको कारोबारमा हेर । सेयर कारोबारलाइ अनावश्यक हल्ला को पिडित नबनाऊ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस