Like us!
Follow us!
Connect us!
Watch us!

'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत रकम लोड गर्दा स्मार्टवाच र इयरबड्स जित्न सकिने

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १३ : ०९ मा प्रकाशित

'नमस्ते पे वालेट'मा नबिल बैंक मार्फत रकम लोड गर्दा स्मार्टवाच र इयरबड्स जित्न सकिने

मोबाइल वालेट नमस्ते पेले नबिल बैंकको मोबाइल  बैंकिङ एपमार्फत अकाउन्टमा ब्यालेन्स लोड गर्दा स्मार्टवाच र इयरबड्स जित्ने अफर ल्याएको छ । यस अफरअन्तर्गत एक भाग्यशाली विजेताले स्मार्टवाच जित्नेछन् भने दुई जनाले इयरबड्स जित्न सक्नेछन् ।

अफरमा सहभागी हुन प्रयोगकर्ताले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरेको हुनुपर्छ । यसमा बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफरबाहेक कुनै पनि सेवाको कम्तीमा एक पटक भुक्तानी गरेको हुनुपर्छ ।नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा नमस्ते पे सुरू गरेको हो । हाल यस सेवामार्फत अनलाइनसँगै अफलाइन सेवाहरू पनि उपलब्ध छन् ।

प्रयोगकर्ताले *५००# डायल गरेर रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, र व्यापारी भुक्तानी जस्ता अफलाइन सुविधाहरूको लाभ उठाउन सक्छन् । साथै, नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले यूएसएसडी (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

यो अफर २१ भदौसम्म मान्य हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको