Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समिति बैठक: भौतिक कारबाही भन्दा नगद जरिवानामा केन्द्रित हुन सरकारलाई वाग्लेको सुझाव

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १३ : २१ मा प्रकाशित

अर्थ समिति बैठक: भौतिक कारबाही भन्दा नगद जरिवानामा केन्द्रित हुन सरकारलाई वाग्लेको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधन गर्दा नगद कारबाहीलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

आइतबार संसदीय समिति अन्तरगतको अर्थ समितिमा बैंकिङ कसुर तथा  सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० को दफावार छलफलमा बोल्दै वाग्लेले भौतिक कारबाही भन्दा नगद कारबाहीमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका हुन् ।

वाग्लेले भने ‘हाम्रोमा कसैले गल्ती गर्‍यो कि ठोकिहालौं जेलमा कोचिहालौं भन्ने मनस्थितिले काम गरेको देखिन्छ । तर, भौतिक कारबाही भन्दा नगद कारबाही ज्यादा प्रभावकारी हुन्छ,सहनै नसक्ने,अर्को पटक गल्ती नै गर्न आट नगर्ने गरी ठुलो परिणाममा नगद फाइनको व्यवस्था गरौं’ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको