Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा करेक्सन: ७९ अंकले बजार घट्दा १९ अर्ब ७४ करोडको कारोबार

अर्थ संसार

आइतबार, ०९ भदौ २०८१, १५ : १२ मा प्रकाशित

सेयर बजारमा करेक्सन: ७९ अंकले बजार  घट्दा १९ अर्ब ७४ करोडको कारोबार

सेयर कारोबार मापक नेप्से परिसूचक ७९.८८ अंकले घटेको छ । आइतबार २.६८ प्रतिशतले घटेको सेयर बजार २८९४.५७ अंकमा कायम भएको छ । आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड माथिको  सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै अपि पावरको सेयर  कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै मन्दकिनी हाइड्रोपारका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको