Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता प्यानिक बन्दा नेप्सेमा १११.९६ अंकको पहिरो

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, १५ : १२ मा प्रकाशित

लगानीकर्ता प्यानिक बन्दा नेप्सेमा १११.९६ अंकको पहिरो

नेप्सेमा आज ठुलो गिरावट आएको छ । लगानीकर्ता बजारमा प्यानिक बन्दा मंगलबार नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० विन्दुमा पुगेको छ ।

मंगलबार ३३० कम्पनिको कूल ४ करोड ३८ लाख ६८  हजार ९७० कित्ता शेयर २ लाख ३४ हजार ३६० पटक कारोबार हुदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै आज तारागाउँ रिजेन्सी होटल र डोल्टी हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज नेपाल फाइनान्स लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख ९ हजार ५८२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिको सबैभन्दा बढी १४ लाख ५९ हजार ४५० कित्ता सेयर कारोबार भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको