Like us!
Follow us!
Connect us!
Watch us!

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

अर्थ संसार

मंगलबार, ११ भदौ २०८१, २१ : ५८ मा प्रकाशित

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । 

चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो ।

जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै  चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन । 

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेको छ । यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको